नेरुडे लघुवित्तको व्यवसायिक तरकारी खेती तालिम सम्पन्न
२०८० आश्विन २१ , आईतवार
नेरुडे लघुवित्त वित्तीय संस्थाले शनिवार १ दिने व्यवसायिक तरकारी खेती तालिम सम्पन्न गरेको छ । संस्थाले बाके जिल्लाको उपशाखा कम्दी अन्तरर्गका ६५ जना ग्राहक सदस्यलाई शहिद उच्च मा.बि.मा तालिम सम्पन गरेको हो । उक्त तालिममा डुडुवा गाँउपालिका वडा नं. ५ का वडाध्यक्ष झंक बहादुर थापा, इलाका प्रहरी कार्यालय कम्दीका इन्चार्ज टेक बहादुर शाह, शहिद उच्च मा.वि.कम्दीका सहायक प्रधानाध्यापक गोबिन्द सिजापती र नेरुडे लघुवित्त प्रदेश कार्यालयका निरिक्षण अधिकृत प्रदिप जि.सि लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरुले कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्रशिक्षकको रुपमा डुडुवा गाँउपालिका कृषि शाखा प्रमुख हनुमान यादब रहनु भएको थियो । कार्यक्रम समापनको क्रममा बोल्दै उपशाखा कार्यालय कम्दीका प्रमुख रामफल चौधरीले तालिमबाट ग्राहक सदस्यहरुलाई आफुले गर्दै आएको व्यवसाय बृद्घि गर्न हौसला प्राप्त भएको र स्थानिय तथा सरोकारवाला निकायहरुको साथ सहयोगले संस्थालाई समेत ग्राहक मैत्री कार्यक्रम संचालन गर्न हौसला प्राप्त भएको बताए ।
नेरुडले वितरण गर्यो कर्मचारी दुर्घटना विमा दाबी भूक्तानी रकम
२०८० भाद्र १९, मंगलवार,
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी दुर्घटना विमा दाबी भूक्तानी रकम प्रदान गरेको छ । संस्थाको शाखा कार्यालय तेतरीया, मोरङ्गमा कार्यरत कर्मचारी समिर माझीको गत पौष ९ गते सड्क दुर्घटनामा परी मृत्यू भएको थियो । नेरुडेले सलिको इन्स्योरेन्स सँग कर्मचारीहरुको दुर्घटना विमा गरेको छ । सोही बिमा अनुसार इन्स्योरेन्स कम्पनीबाट प्राप्त सात लाख रुपैयाको चेक संस्थाका नायव महाप्रबन्धक भाग नारायण साहुले मंगलबार मृतकको श्रीमती सरिता कुमारी चौधरीलाई हस्तान्तरण गर्नु भएको थियो ।