३.८.७) सक्षम उद्यमशिल कर्जा ( Sakchyam Enterprise Loan )
क) कर्जा व्यवस्था
१) समुह, व्यवस्थापन कर्जा बचत तथा कोष नीति–२०६५ बमोजिम समूह सदस्य हुनका लागि चाहिने योग्यता भएका सदस्यलाई उद्यमशिल कर्जा प्रदान गर्न सकिनेछ । व्यवसायिक रुपले कृषि, पशुपंछी पालन÷ व्यापार, साना तथा घरेलु उद्योग, माछा पालन÷ व्यापार, होटल व्यवसाय, खाद्यान्न खरीदबिक्री, डेरी लगायतका उत्पादनशिल व्यबसायको स्थापना, प्रबर्धन तथा विकाश गरि ग्राहक सदस्यलाइ स्वरोजगार गराउने उद्देश्यले यो कर्जाको ब्यवस्था गरिएको छ ।
२.उद्यमशिल कर्जा लिने सदस्यलाई उक्त कर्जा बाँकी रहदा साधारण कर्जा अन्तर्गतको साधारण, पशु कर्जा र व्यवसायिक कर्जा पाउने छैन तर अन्य शिर्षकका कर्जा र धितो लगायतका कर्जा नियमानुसार लगानी गर्न सकिने छ । कर्जा सदुपयोगिता निरीक्षण, कर्जा भुक्तानी अवधि तथा प्रकृया सम्बन्धित कर्जा शिर्षक अनुरुप नै हुने छ ।
३) उद्यमशिल कर्जा केन्द्रीय कार्यालयले तोकेको शाखा÷उपशाखामा मात्र लागु हुने छ । नतोकिएको कार्यालयको हकमा यस्तो कर्जा लगानी गर्नु पुर्व सम्बन्धित शाखा÷उपशाखाले केन्द्रीय कार्यालयको स्वीकृति लिनु पर्ने छ । केन्द्रीय कार्यालय बैंकिङ्ग तथा कर्जा बिभागको सिफारीसमा कार्यकारी प्रमूखले तोकेको शाखा÷ उपशाखालाई कर्जा लगानी गर्ने अख्तियारी दिन सक्नेछ ।
४) उद्यमशिल ग्राहक छनौट तथा कर्जा लगानीको लागि निम्न आधार तोकिएको छ ।
क) उद्यमशिल कर्जाको लागी नयाँ ग्राहक तथा शाखा÷उपशाखामा कायम रहेको समूहगत सदस्य र ब्यवसायिक केन्द्रका सदस्यहरु मध्येबाट छनौट गर्न सकिने छ ।
ख) निजको आम्दानीले यो ऋणको किस्ता तिर्न सक्ने क्षमता तथा आम्दानीको स्रोत भएको हुनु पर्नेछ ।
ग) यस बैंकले उपलब्ध गराउने उद्यमशिल सम्बन्धि तालिममा अनिवार्य सहभागी हुनु पर्ने छ । सो तालिमको लागी प्रति सदस्य प्रति तालिम, प्रत्येक पटक रु. ५०० कर्जा लिदा अग्रीम भुक्तानी गर्नु पर्ने छ । तालिम शुल्क लिए पछि तालिम बारेको कुपन÷भर्पाइ यस बैंकले सदस्यलाई दिइने छ । यस्तो तालिम कर्जा लिनु अगाडी वा पछाडी पनि बैंकले दिन सक्ने छ र उक्त तालिममा ऋणी सदस्य स्वयमले अनिवार्य भाग लिनु पर्नेछ तर बिशेष कारण परि सदस्यले तालिम लिन नसकेमा समबन्धित शाखा÷उपशाखालाई उचित लागेमा मात्र परिवारका अन्य सदस्यलाई तालिममा सहभागी गराइनेछ । यदि संस्थाले तालिम उपलब्ध नगराएमा लिएको तालिम शुल्क पछि फिर्ता दिइने छ । साथै उद्यमशिल वा अन्य सदस्यहरुले समेत थप उद्यमशिल तालिम लिनु पर्ने भएमा तोकिएको शुल्क लिइ वा नलिइ तालिम दिन सक्ने अधिकार संस्थालाइ हुने छ ।
घ) परियोजना नाफामूलक र प्रस्तावित व्यवसायमा निवेदक वा एकाघरको परिवारका अन्य सदस्यको अनुभव भएको हुनु पर्ने ।
ङ) अध्यावधिक प्थअ तथा ब्यवसायिक परियोजनाको विष्लेषण ।
च) सदस्य तथा रोहवर बस्नेको अनिवार्य नागरिकता र फोटो तथा स्थायी बसोवास भएको ।
छ) सदस्य स्वयम वा एकासगोल परिवारको जग्गाधनि प्रमाण पुर्जाको फोटोकपी र चालु आ.ब.मा तिरो तिरेको रसिद वा प्रतिलिपीे अनिवार्य सदस्यले दिनु पर्ने छ ।
ज) ब्यबसाय घर भाडामा भए व्यवसायी र घरधनी बीच भएको सम्झौताको प्रतिलिपि लिनु पर्ने ।
झ) व्यवसायिक प्रमाणपत्र वा व्यवसाय रहेको सिफारीस पत्र, व्यवसाय नविकरणको कागजात लिनु पर्ने तर व्यवसायिक कर्जाको प्रकृति, ग्राहकको इमान्दारी आदिको आधारमा कार्यकारी प्रमूखले तोकेका कार्यालयहरुमा मात्र लागु हुने गरी त्यस्ता कार्यालयका प्रमुखले उद्यमशिलता कर्जा लगानी गर्दा व्यवसायिक प्रमाणपत्रको प्रतिलिपी÷व्यवसाय रहेको सिफारीस पत्र र चालु आ.ब. को कर तिरेको रसिदको प्रतिलिपी नलिइकन वा यसको सट्टा जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपी वा व्यापार रहेको बारेको स्थानिय सर्जमिन मूचुल्का, ब्यवसायको फोटो आदीको आधारमा यो कर्जा प्रदान गर्न सकिने छ ।
ञ) रु. १ लाख ५० हजार सम्मको कर्जा ठाडो रोक्का नगरि सम्बन्धित शाखा÷ उपशाखाले कर्जा स्वीकृत गर्न पाउने छ तर रु. १ लाख ५० हजार माथिको कर्जा सिमा प्रदान गर्दा स्वयंम सदस्य तथा नीजको एकासगोल परिवारको नाममा रहेको जग्गा ठाडो रोक्का राख्नु पर्ने छ । तर लामो समय देखि कारोवार गरिरहेका, असल सदस्य भएका, ब्यापार व्यवसाय राम्रो रहेका, नेरुडेको मात्र सदस्य भएका वा अन्य लघुवित्त परित्याग गरि कर्जा माँग गरेका, तथा बिशेष कारण परि जग्गा रोक्का राख्न नसकिने ऋणीहरुको हकमा रु. १ लाख ५० हजार माथिको कर्जा सिमा प्रदान गर्दा ठाडो रोक्का नगरि पनि समुहिक जमानीमा लगानी गर्नु पर्ने आवश्यकता भएमा शाखा÷उपशाखा कार्यालयले सम्बन्धित इलाका कार्यालयको सिफारिस सहित बैंकिङ्क तथा कर्जा विभागमा पठाउनु पर्ने छ । र बैंकिङ्क तथा कर्जा विभागको सिफारीसको आधारमा कार्यकारी निर्देशकले तोकेको कार्यालयहरुमा मात्र लागु हुने गरी तोकेको सिमा सम्म ठाडो रोक्का नगरिकन पनी लगानी गर्ने अख्तियारी प्रदान गर्ने अधिकार कार्यकारी प्रमूखमा रहने छ ।
ट) शाखा÷उपशाखालाई आवश्यकता महशुुस भएमा आबश्यक थप कागजातहरु लिन सकिने छ साथै बैंकले समय समयमा तोकेको अन्य आधार तथा विवरण समेत लिनु पर्ने छ । अन्य व्यबस्थाहरु कर्जा नीतिमा उल्लेख भए बमोजिम हुने छ ।
३.८.७.२) कर्जा सीमा :
उद्यमशिल कर्जा न्युनतम ७० हजार देखि अधिकतम सीमा निम्नानुसार हुनेछ । पुरानो सदस्य भए कर्जाको बर्ष सीमा साधारण कर्जा अन्तर्गतको साधारण कर्जा, पशुकर्जा र ब्यवासायिक कर्जा मध्ये अधिकतम बर्ष सीमालाई अधार मान्न सकिने छ ।
वर्ष | कर्जाको अधिकतम सिमा |
प्रथम वर्ष | रु. १,००,०००।– |
दोस्रो वर्ष | रु. २,००,०००।– |
तेस्रो वर्ष वा माथि | रु. ३,००,०००।– |
नोट : वीना धितो कर्जा सीमा भन्दा बढी सीमाको कर्जा चाहिएमा धितो कर्जा अन्तर्गत उद्यमशिल कर्जा धितो दृष्टिबन्धक गरि धितो कर्जा नीति–२०६५को लघु ब्यवसाय कर्जामा उल्लेखित नियम परिधिमा रहि सो अन्र्तगतको सीमा सम्म कर्जा प्रदान गर्न सकिनेछ ।
मिति २०७४-१२-१२ गतेको केन्द्रीय कार्यालयको निर्णयवाट संशोधन भई मिति २०७४-१२-१८ गते देखि लागू ।
३.८.७.३) कर्जाको ब्यजदर :
उद्यमशिल कर्जामा समूह ब्यवस्थापन कर्जा बचत तथा कोष नीति–२०६५को दफा ३.८.१.७ अन्तर्गत १८ प्रतिशत बार्षिक ब्याजदर र २% (प्रतिशत) अग्रिम सेवा शुल्क लिने ब्यवस्था गरिएको छ ।
३.८.७.४) कर्जा भुक्तानी अवधि तथा प्रकृया :
१.) उद्यमशिल कर्जा अन्तर्गत लगानी भएको कर्जाको साँवा र व्याजको भुक्तानी अवधि पाक्षिक किस्ता संकलन प्रणाली भएमा २४ किस्तामा वा ४८ किस्तामा वा ७२ किस्तामा तथा मासिक कार्यालय एंव फिल्ड किस्ता संकलन प्रणाली भएमा १२ किस्तामा वा २४ किस्तामा वा ३६ किस्तामा असुली गर्ने गरि अधिकतम भुक्तानी अवधि ३ बर्ष सम्म राख्न सकिने छ ।
२) कुनै ग्राहक सदस्यले आफ्नो घरायसी कारणले बसाइ सराइ भई अन्यत्र स्थान्तर हुने, विदेश जाने, सदस्यको मृत्यु हुँदाको अवस्थामा सदस्यले चाहेमा जुनसुकै बेला एकमुष्ठ कर्जा चुक्ता गर्नु पर्दा जुनसुकै समय सम्पुर्ण कर्जा ( साँवा र व्याज सहित) चुक्ता गर्न सक्नेछन् ।
३.) उद्यमशिल कर्जा अन्तर्गत ब्यवसायिक कृषि ( चिया, अदुवा, अलैची, अम्लिसो, कफी, सुर्ती सनपाट, माछापालन, पशुपालन, फलफुल, उखु खेती, तरकारी खेती र डेरी ) का लागि प्रदान गरिने कर्जाको साँवा तथा ब्याज भुक्तानी समान्यतया पााक्षिक÷ मासिक रुपमा हुने छ तर बिशेष अबस्थामा किसानले चाहेमा सम्बन्धित शाखा÷ उपशाखालाई उचित लागेमा कृषि उत्पादनको आधारलाई मध्यनजर गरि मासिक रुपमा कर्जाको ब्याज असुली गर्ने र त्रैमासिक रुपमा साँबा संकलन गर्ने गरि भुक्तानी तालिका निर्धारण गरि तमसुकमा लेखिएको अन्तिम भुक्तानी मिति सम्ममा कर्जा असुलउपर गर्नुपर्नेछ । त्रैमासिक रुपमा साँबा संकलन गर्नु पर्ने आवश्यकता भएमा सम्बन्धित इलाका कार्यालय र बैकिङ्ग तथा कर्जा विभागको सिफारिसका आधारमा सम्बन्धित शाखा÷उपशाखालाई स्वीकृती दिने नदिने अधिकार कार्यकारी प्रमूखमा निहित रहनेछ ।
३.८.७.५) ऋण माग तथा स्वीकृत प्रकृया :
सदस्यहरुबाट कर्जाको मांग समूह÷केन्द्र मार्फत शाखा÷उपशाखामा पेश गर्नुपर्दछ । सोमा आवश्यक छानबिन र विश्लेषण गरी कर्जा समितिबाट स्वीकृत÷अस्वीकृतको निर्णय गर्नुपर्दछ । स्वीकृतिको लागि माथिल्लो कार्यालय पठाउनु पर्ने भए कर्जा समितिले सिफारिश गरी इलाका कार्यालयमा पठाउने र इलाका कार्यालयले आवश्यक निरीक्षण तथा जाँचबुझ गरि स्वीकृत÷अस्वीकृतको निर्णय गर्नेछ ।
कर्जा लगानी गर्दा नयाँ समूह मान्यता पाएको सदस्यले ऋण माग गरेमा पाक्षिक तथा मासिक केन्द्र बैठक भए पनि कर्जा माग गरेको भोली पल्ट देखि नै कर्जा लगानी गर्न सकिने छ । तर पुराना ऋणीको हकमा केन्द्रबाट ऋण माँग फारम भरी कर्जा समितीले अपनाउनु पर्ने सम्पुर्ण प्रकृया अपनाई कर्जा माँग फारम भरेर ल्याएको कम्तिमा ३ दिन पछी कार्यालयवाटै ऋणीको अभिभावकको रोहबरमा ऋणीलाई कर्जा लगानी गर्नु पर्ने छ ।
३.८.७.६) सदुपयोगिता :
सदस्यले लिएको कर्जा सम्बन्धित परियोजना÷ब्यवसायमा लगानी गरि एक महिनाभित्र आय आर्जन हुने कार्य शुरु गर्नुपर्नेछ । यदि सो अवधि भित्र कर्जाको सदुपयोग नभएको खण्डमा तोकिएको व्याजदरको हिसाबले तुरुन्त साँवा व्याज असूल गरिनेछ वा सो सदस्यलाई खराब सदस्यको रुपमा दर्ता गरिनेछ ।
३.९) कर्जा सदुपयोगिता निरीक्षण :
भविष्यमा केन्द्रलाई नै दिगो आर्थिक विकासको प्रमुख निकायको रुपमा विकसित गर्ने उद्धेश्य रहेको हुदां कर्जाको सदुपयोगिता सुपरिवेक्षण समुह अध्यक्ष र केन्द्र प्रमुखले गर्नेछन् । बैंकका उत्प्रेरक÷बरिष्ठ उत्प्रेरक÷लेखापाल, शाखा प्रवन्धक वा निजले खटाएका कर्मचारी आदिले पनि सदुपयोगिता निरीक्षण गर्नेछन् । शाखा÷उपशाखाबाट लगानी गरिएका ऋणी सदस्यहरुको ऋणको सदुपयोगिता निरीक्षणको कार्यलाई व्यवस्थित एवं प्रभावकारी ढंगले कार्यान्वयन गर्नकालागि निम्नानुशार गर्नुपर्नेछ ।
(क) समूह अध्यक्षले आफ्नो समूहका र केन्द्र प्रमुखले केन्द्रका सम्पुर्ण ऋणगरी त्यसको मौखिक प्रतिवेदन केन्द्र बैठकमा पेश गर्नुपर्नेछ ।
(ख) सम्बन्धित उत्प्रेरक÷बरिष्ठ उत्प्रेरक÷लेखापालले आफुले हेर्ने केन्द्रका ऋणी सदस्यहरुको परियोजना निरीक्षण ऋण लिएको ३० दिनभित्र प्रथम पटक र ऋण चुक्ता गर्नुपूर्व दोस्रो पटक गरी वर्षमा दुई पटक गर्नुपर्नेछ ।
(ग) शाखा-उपशाखा प्रवन्धकले शाखा÷उपशाखा अन्तर्गतका सदस्यहरुलाई ऋण स्वीकृति प्रदान गर्नु पूर्व अनिवार्य रुपमा सम्बन्धित सदस्यको अघिल्लो परियोजनाको सदुपयोगिता निरीक्षण गर्नुपर्नेछ ।
(घ) ऋण सदुपयोगिता निरीक्षण गरेको रेकर्ड शाखा÷उपशाखा कार्यालयले अद्यावधिक गरी राख्नुपर्नेछ ।